लाभग्राहीले आफ्नो प्रतिनिधि तोक्ने फारम अनुदान सम्झौताका क्रममा देखिने समस्या समधानका लागि सहयोगी जानकारी व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सम्पन्न भूकम्प प्रभावित लाभग्राही हरुको अनुदान सम्झौता सम्बन्धि अत्यन्त जरुरि सूचना निजि आवास पुन निर्माणको अनुदान सम्झौताको लागि आबस्यक जानकारी निजि आवास पुन निर्माण सम्बन्धी लाभग्राहीको नामावली पूर्ण सरसफाई कार्यक्रम को अनुगमन सम्पन्न अनुदान वितरण संबन्धी बैकहरुको कार्यक्षेत्र तोकिएको सम्बन्धमा | लाभग्राहीमा परेका घरधनी हरुको विवरण लमजुंग जिल्ला पुन संरचना सम्बन्धी राजपत्रमा प्रकासित गाउपालिका र नगरपालिकाहरु

व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सम्पन्न

व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता बारे प्रस्ट पार्दै जिल्ला समन्वय समितिले एक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय विकास अधिकारी श्री डिल्लीराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी श्री तीर्थ बहादुर अधिकारीको प्रमुख आतित्यथा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री तीर्थ बहादुर अधिकारीले व्यक्तिगत घटना दर्ता समयमा नै नगर्दा आईपरेका विभिन्न व्यवहारिक समस्या र उल्झनहरुको उदाहरण दिदै मान्छेका हरेक गतिविधिहरु सहज रुपमा अगाडी बढाउनको लागि समयमै घटना दर्ता गर्नुपर्ने बताउनुभयो । राज्यका हरेक योजना निर्माण र स्थान विशेषको खास खास रणनीति बनाई कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याकं चाहिने र त्यसका लागि समयमै हरेक घटना दर्ता हुनु पर्नेमा जोड दिनुभयो ।
स्थानीय विकास अधिकारी सिग्देलले घटना दर्ता सगै जोडिएर आउने सामाजिक सुरक्षा कार्यक्रम र पोषण भत्ता वितरणका कार्यमा पनि घटना दर्ताको महत्व रहेको बताउनुभयो । देशमा सुशासन कायम गर्न र पारदर्शिताको लागि पनि समयमै व्यक्तिगत घटना दर्ता गर्नु बताउनुभयो । यसका लागि स्थानीय तहका कर्मचारीहरुको प्रयास पर्याप्त नहुने भन्दै सबै संघ संस्था तथा सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सुचना प्रविधि स्वयमसेवक श्री विनोद अधिकारीले घटना दर्ताको कानूनी व्यवस्था, हामीले गर्दै आईरहेका अभ्यास एंव अनलाईन घटना दर्ता संबन्धी विषयवस्तु समेटेर एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै अनलाईन घटना दर्ता बारे जिसस लमजुगंको प्रयास अनि यसका फाईदा बारे प्रकाश पार्नुभएको थियो । जिससका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, गैरसरकारी कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम भन्दा अगावै व्यानर र प्ले कार्ड सहितको मनाङे चौताराबाट सुरु भएको प्रभातफेरि जिससको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको सञ्चालन जिससका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले गर्नुभएको थियो ।

 

Skip to toolbar