पूर्ण सरसफाई कार्यक्रम को अनुगमन सम्पन्न

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति लमजुङ को क्व्होला सोथर गाउपलिका वडा न ९ (साबिक गिलुंग गाबिस) को  पूर्ण सरसफाई कार्यक्रम को अनुगमन सम्पन्न भयको छ | जिल्ला समन्वय समिति लमजुङका स्थानीय विकास अधिकारी डील्लीराम सिग्देल को नेतृत्व मा जिल्ला स्थित सरोकारवाला सरकारी तथा अन्य गैससहरु, पत्रकार र स्थानीय सरसफाई समूह सहित को टोलि ले गिलुंग गाबिस को सूचक हरु पुरा भएको वा नभयको सम्बन्धि अनुगमन गरेको थियो|

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँ, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक देवराज पौडेल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, आरसीडीसीका कार्यकारी निर्देशक राजेन्द्र वोहरा, जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सम्पर्क अधिकारी एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर कमल अर्याल, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष्ँ आश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

 

Skip to toolbar