गणतन्त्र दिवस जिल्ला समारोह समिति २०७५ को कार्यक्रम

गणतन्त्र दिवस २०७५ भब्य रुपले मनाउने सन्दर्भमा मिति २०७५ जेष्ठ १४ गते जिल्ला समन्वय समितिका जि.स.अ. डिल्लीराम सिग्देलज्युको अध्यक्षतामा बसेको गणतन्त्र दिवस जिल्ला समारोह समिति २०७५ को तयारी बैठकको निर्णयानुसार जेष्ठ १५ गते मनाङ्गे चौतारामा सबै राजनैतिक दल, सरकारी कर्मचारी (पोशाकसहित), नेपाली सेना, नेपाल प्रहरी, अन्य संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधी, रोटरी क्लव, विद्यार्थी तथा शिक्षकहरु, आमा समूह एवं पत्रकारज्युहरु सबै भेला भई सेरा वजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाहलसम्म प्रभातफेरी र मञ्चको औपचारिक कार्यक्रम संचालन हुने ब्यहोराको पत्र पठाई सकिएको छ । साथै, यसैलाई आधार मानी मनाङे चौतारामा जेष्ठ १५ गते विहान ७:०० वजे उपस्थिति भईदिनु हुन सम्पुर्ण नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौं ।

जिल्ला समन्वय समिति

लममुङ

Skip to toolbar